काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन् ।

११औँ महाधिवेशनअघि बिहीबार सम्पादकहरूसँगको छलफलमा ओलीले प्रमुख पार्टीका नेतासँग भएको छलफलको प्रभाव पछि देखिने बताएका हुन् ।

‘झुट बोल्ने मेरो बानी छैन । अर्थपूर्ण छलफल भयो । त्यसको अर्थ छ । त्यो भोलि देखिन्छ । तोरी तत्काल उम्रिन्छ । बकुल्ला पछि उम्रिन्छ । अति भयो भनेपछि बल्ल उम्रिन्छ,’ ओलीले भने, ‘त्यो रसाउन र पलाउन समय लाग्छ । यसको प्रभाव देखिन्छ ।’

देशले पत्याएर पटकपटक प्रधानमन्त्री भएको र ठूलो दलको नेतालाई भेट्नु अस्वाभाविक नभएको उनको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *