डडेलधुरा, मंगलबार मध्यराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी बैतडी पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहरा, २२ वर्षीय सहदेव बोहरा, २० वर्षीया कमला बोहरा र उनका नाबालक छोराको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार दुर्घटना राति साढे ११ बजे भएको थियो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी पुर्चौडी जाँदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस खस्रेखानमा करिब साढे तीन सय मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा १६ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने ९ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको छ। गम्भीर घाइतेलाई धनगढीतर्फ रेफर गरिएको छ।
घाइतेहरूको नामावली:
१. वीरेन्द्र बोहरा, २४, बैतडी – अवस्था गम्भीर (धनगढी रेफर)
२. मुकुन्द बोहरा, २१, डडेल्धुरा – अवस्था मध्यम
३. नवराज साउँद, २४, बैतडी – अवस्था मध्यम
४. राजेन्द्र साउद, २४, बैतडी – अवस्था मध्यम
५. धनमती साउँद, ६५, कञ्चनपुर – अवस्था मध्यम
६. पदमबहादुर बोहरा, ४२, बैतडी – अवस्था मध्यम
७. नवराज सिंह रतुकी, २८, बैतडी – अवस्था मध्यम
८. सुरेन्द्र रतुकी, २०, बैतडी – अवस्था मध्यम
९. दामोदर महरा, ४०, बैतडी – अवस्था मध्यम
१०. धनबहादुर महरा, २५/२६, बैतडी – अवस्था मध्यम
११. दिनेश साउँद, २५, कञ्चनपुर – अवस्था सामान्य
१२. विमला महता, ३५, दार्चुला – अवस्था सामान्य
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको छ।
