काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवामा थप सहज बनाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेरियाट्रिक’ ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी गर्दै देशभरका ६५ वटा सरकारी अस्पतालहरूमा ज्येष्ठ नागरिकका लागि सहुलियतसहितको उपचार सेवा विस्तार गरेको छ ।

नयाँ कार्यविधिअनुसार अब ज्येष्ठ नागरिकले उमेरअनुसार स्वास्थ्य उपचार सेवामा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउनेछन् । ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालले तोकेका निश्चित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् ।

७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता र आर्थिक अवस्थाका आधारमा उपचार सेवाको दायरा बढाएर ७५ प्रतिशत छुट दिइने कार्यविधिमा उल्लेख गरिएको छ । ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूले तोकिएका सबै स्वास्थ्य सेवामा शतप्रतिशत छुट अर्थात् निःशुल्क उपचार पाउनेछन् ।

यो सेवा लिनका लागि ज्येष्ठ नागरिकले आफ्नो उमेर खुल्ने सरकारी परिचयपत्र पेस गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका ज्येष्ठ नागरिकको हकमा पहिलो प्राथमिकता बिमाबाटै उपचार गराइने र बिमाले नभ्याएको खर्च यस कार्यक्रमबाट बेहोरिने व्यवस्था मिलाइएको छ 

यी हुन् सहुलियत दिने देशभरका ६५ अस्पताल 

Leave a Reply

Your email address will not be published. Required fields are marked *