काठमाडौं – क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै एफए कपको उपाधि पहिलो पटक जितेको छ। वेम्ब्ली स्टेडियममा राति भएको खेलमा प्यालेसका इबरेची एजेलले पहिलो हाफमै गरेको गोल नै निर्णायक बन्यो।

यो जित प्यालेसको इतिहासमै सबैभन्दा ठूलो उपलब्धि मानिएको छ। क्लबले पहिलोपटक कुनै ठूलो घरेलु ट्रफी जितेको हो।

यसै खेलसँगै म्यानचेस्टर सिटीका लागि यो सिजन निराशाजनक रह्यो। प्रिमियर लिगको उपाधि गुमाउनुका साथै च्याम्पियन्स लिग र लिग कपमा पनि सिटी असफल रह्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *