काठमाडौँ । मदन पुरस्कार गुठीले २०८१ सालको मदन पुरस्कार छुदेन काविमोद्वारा लिखित ‘उरमाल’ पुस्तकलाई अर्पण गर्ने निर्णय गरेको छ । यस्तै लोक–संस्कृति क्षेत्रमा पाँच दशकदेखि सक्रिय प्रेमदेव गिरीलाई जगदम्बा–श्री सम्मान अर्पण गर्ने घोषणा गरिएको छ ।

book loyrov154n4382668815597691928

गुठीको साधारण सभाले शुक्रबार गरेको निर्णयअनुसार ‘लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान’ गरेबापत गिरीलाई जगदम्बा–श्री प्रदान गरिने भएको अध्यक्ष  कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

२०८१ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट मदन पुरस्कारका लागि कुल २९९ पुस्तक प्राप्त भएका थिए। तीमध्ये सात पुस्तकहरू अन्तिम चरणमा छनोटमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *